Tuesday, May 5News That Matters

आगलागीबाट ५० लाखको क्षती

झापा, साउन २० गते ।

झापाको चत्रामारीमा आगलागी हुदा करिब ५० लाख बराबरको क्षती भएको छ । कन्काई नगरपालिका – ५ चत्रामारी निबासी सोमनाथ अधिकारीको घरमा आगलागी हुदा उक्त रकम बराबर क्षती भएको हो ।

बिहान करिब १० बजे विद्युत सर्ट भई एक्कासी आगलागी हुदा काठका टिनको छानो लागएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

प्रहरी, नगरपालिकाको दमकल, स्थानियबासीको सहयोगमा सवा ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।