
संखुवासभा, साउन २० गते ।
संखुवासभाको सभा खोलामा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका – ९ निबासी ४५ बर्षीय ऋषिकेश निरौला पौडी खेल्दा डुबेर मृत्यु भएको हो ।
दिउँसो सांढे १ बजे खोलामा पौडी खेल्दै गर्दा निरौला डुबेपछि अरु साथिहरुले उद्दार गरी उपचारको लागी मनकामना अस्पताल तुम्लिङटारमा उपचार क्रममा साँढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थल पुगी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
