Monday, April 20News That Matters

आगलागीबाट ६५ लाख बराबरको क्षती

सोलुखुम्बु, माघ ०२ गते ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(८ केरुङमा आगलागि हुदा ६५ लाख बराबरको क्षति भएको  छ । बुधबार करिब ११ बजेतिर मानकाजि थापा मगरको घरमा आगलागी हुदा पैसठी लाख बराबरको क्षती भएको हो ।

ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घर र घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । बिहानको राती साढे ३ बजेको समयमा पुर्ण रुपमा आगो नियन्त्रणमा लिएको केरुङ प्रहरीले बताए ।