
गाईघाट/माघ, २
उदयपुरमा पर्यटन भित्राउने बारे वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई समेट्दै कसरी पर्यटकहरुलाई लाई सहज र सरल वातावरणका साथ भित्राउने भन्ने विषयमा विभिन्न सम्बन्धित निकायहरु सँग छलफल तथा अन्र्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा पर्यटन भित्राउन अझै धरै सेवा सुविधा र सुधारका पक्षहरु बाँकि नै रहेको कुरा छलफलमा उठेको छ । पर्यटनहरुलाई सहज वातावरणका निम्ति अझै धरै कार्यहरुलाई अगाडी बढाउनु पर्ने अन्तक्रियाले देखाएको छ । पर्यटनलाई सहज वातावरण बनाउन खाने वस्ने व्यवस्थापनहरुमा जोड गर्नुका साथै बिषेश गरी खानाको मुल्य निर्धाण, सरसफाई, संस्कार संस्कृति, जातिय पहिचान, सुरक्षा, पर्यटकीय क्षेत्रहरु तथा ऐतिहाँसिक महत्वबारे जानकारी, भौतिक पूर्वधारको सुविधा, नेटवर्क तथा इन्टरनेटहरुको व्यवस्था, लागाएतका कुराहरुलाइ जोड गरेमा मात्र पर्यटनहरु जिल्लामा बढाउन सकिने सम्बन्धित निकायहरुको भनाई छ ।
त्यसैगरी स्थानीयहरुले पनि पर्यटनहरु बारे जानकारी पाउनु पर्ने बताएको छ । पर्यटन भनेको केहो भन्नेबारे स्थानीयहरुले जानकारी हुनुपर्ने पर्यटनको इच्छा चाहानालाई बुझ्न पर्ने कुरा अन्र्तक्रियामा छलफल भएको छ ।
पर्यटनले त्याहाँ आफुलाई खुसी भएको महसुस गरेमा अन्य पर्यटनहरुमा समेत प्रचारप्रसार पुग्ने र पर्यटनहरुको आकर्षण बढ्ने कुरा छलफलमा राखिएको छ ।
पर्यटनको नाममा कमाउने हइन पर्यटनलाइ रमाउने वातावरण दिन सकिएमा पर्यटन वर्ष सफल हुने त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बताउनु भयो । उहाँले छलफलमा उठेको समस्यालाई समाधान र सुधारको पक्षमा लानु पर्ने वताउनु भयो ।
सबै सम्बन्धित निकायहरुले छलफलमा उेठेका समस्याहरुलाई समधानको निम्ति सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । भ्रमण वर्ष २०२० लाई सफल बनाउन नागरिक समाज, होटल व्यवसायी संघ, पत्रकार, उद्योगवाणीज्य तथा व्यापारी, स्थानीय, संघसंस्था, महिला अधिकारकर्मि, कलकार, समाज सेवी, मानवअधिकारकर्मी, विद्यार्थी, युवा, यातायात, लगाएतलाई सहयोग र आफ्नो तर्फबाट लागि पर्न उहाँले आग्रह गर्नुभयो । चौधरीले सबैको सहयोग र साथले पर्यटन वर्षलाई भव्य र सभ्य बनाउन आफु लगाएत सबै पालिकाको जनप्रतिनिधिहरु पनि पूर्ण रुपले लागि पर्ने र अझै धेरै पर्यटन क्षेत्रहरुलाई पहिचान गर्ने बताउनुभयो ।

विषेश गरी पर्यटनलाई सुरक्षा र स्वतन्त्रता महसुस गर्न सुरक्षा निकायहरुको निकै ठुलो भुमिका रहने जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी वीर बहादुर मगरले बताउनु भयो । उहाँले पर्यटनहरुको सुरक्षाको निम्ति आफ्नो भुमिका पूर्ण रुपमा निभाउने बताउनु भयो । उहाँले सुरक्षालाई बलियो बनाउन भौतिक पूर्वधारहरु विकास भएको हुनु पर्ने बताउनु भयो । बाटो घाटो पुगेको स्थानहरुमा सुरक्षा सहज, सरल र छिटो हुने बताउनु भयो ।
