
कटारी माघ, २
आशिष बस्नेत
कटारी स्थित सिमरामा मोटर साईकल एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । दुर्घटनामा ३२ बर्षिय बर्दिया निवासी गुणहरी घिमिरे घाईते भएका छन् । घाईतेको कटारी मोडल हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ । विहे खान आएका घिमिरे दुर्घटनामा परेको हो । त्रिवेणीबाट कटारी आउँदै गरेको प २ –०१–००१ प १३६४ नम्बरको मोटरसाईकल र कटारीबाट दुधौली जाँदै गरेको ज १० प ५८१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाईतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
