Thursday, May 21News That Matters

आगलागीबाट ७१ लाख बढीको क्षति

पूर्णपुष्टि फाल्गुन २२ गते ।

विभिन्न जिल्लामा आगलागी हुदा करिब ७१ लख बराबरको क्षती भएको छ । विभिन्न स्थानमा लागेको आगलागीबाट घर, अन्नपात तथा धनमाल र नगद जलेर नष्ट हुदा करिब ७१ लाख बराबरको क्षती भएको हो ।

ईलाम फाकफोकथुम गाउँपालिका–६ फुस्रे मा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा बुधबार साझँ साढे ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । विद्युट सर्ट भई २ तले घर, नगद २ लाख, ५ तोला सुन, टिभी २ थान, ल्यावटव ४ थान, कम्प्युटर २ थान लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त संख्याको सामान जल्दा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका–५ मंगलबारे निबासी शेरबहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लिम्बुको २० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङको बेलबारी–११ भाङबारी निबासी नरबहादुर तामङको घरमा बिधुत सर्टभई आगलागी हुदा अन्नपात, फर्निचर लगायतका सामान जल्दा ७ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।