Wednesday, May 20News That Matters

ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, फाल्गुन २२ गते

झापामा लागुऔषध ब्राउन सुगर सहित दुइृ जना पक्राउ परेका छन् । काँकडभिट्टा–६ भन्सार मुलगेट अगाडीबाट ब्राउन सुगरसहित निशान राई र रोशन पोदार पक्राउ परेका हुन् ।

दिउँसो सवा ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईलाम चुलाचुली गाउँपालिका–४ निबासी २७ वर्षीय राई र झापा दमक–१ निबासी २४ वर्षीय पोदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको अवस्थामा २६ ग्राम हिरोईन ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल र पक्राउ परेका दुवै जनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।