Wednesday, May 20News That Matters

कटारी ४ लाई हराउँदै कटारी ३ ले जित्यो मेयर कपको उपाधि

आशिष वस्नेत/२२ फागुन

कटारी रकटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।आज भएको फाईनलमा वडा नम्बर ४ लाई २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै वडा नम्बर ३ ले नगद  ६३ हजार ७ सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्दा उपविजेता वडा नम्बर ४ ले नगद , ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्रका साथमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का प्रताप राई घोषित भए । त्यसैगरी उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का रोशन राना घोषित भए । फाईनलमा कटारी ३ का प्रताप राई , गोपाल लिम्बु र कृष्ण धामीले गोल गरेका थिए । त्यसैगरी कटारी ४ को तर्पmबाट किरण दनुवार र केशव दनुवारले गोल गरेका थिए । कटारी नगरपालिकाको सहयोग र साथी समूहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।कटारी नगरका ११ वडाका  टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए ।