
उदयपुर, मंसिर ६ गते ।
उदयपुरमा आगलागी हुदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१६ रातापानी निबासी चन्द्रबहादुर राईको छोरा ४ वर्षीय विष्णुबहादुर राईको मृत्यु भएको हो ।
बालकले लाईटर खेलाउने क्रममा विहिबार दिउँसो करिब ३ बजे फुसको छाना र ढुङ्गा, माटोले बनेको दुई तले घर र २ वटा सुँगुरसहित बालक आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १८ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
उक्त आगोले नजिकैको बमबहादुर राईको फुसको छानो भएको ढुङ्गा र माटोले बनेको दुई तले घर जलेर नष्ट हुदा करिब १४ लाख रुपैयाँको क्षती भएको प्रहरीले जनाएको छ । प्रहर चौकी सुकौराबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा ५ः१५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
