
मोरङ, मंसिर ४ गते ।
मोरङको रतुवामाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ निबासी ५५ बर्षीय बालबोध रायको मृत्यु भएको हो ।
घर नजिकै खेतको सफेदको रुखमा चडेर हाँगा झार्ने क्रममा बिहान पउने ११ बजे लडेर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी चौकी गोविन्दुरको प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
