Wednesday, June 10News That Matters

आगलागीमा २ घर जलेर नष्ट

सुनसरी, असार २५

सुनसरीको धरान उप–महानगरपालिका–१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट भएको छ । हिजो बिहान पौने १० बजे स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा छिमेकी कमल राईको घर जलेर नष्ट भएको हो ।

आगलागनीबाट करिब २२ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो धरान उप–महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।