
मोरङ, असार २५
मोरङको पथरीमा नहरमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–७ को नहरमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको हो ।
हिजो दिउँसो सवा १२ बजे नहरमा बृद्धा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
