
पूर्णपुष्टि, माघ २४ ।
गिरिबन्धु प्लाष्टिक रिसाईक्लिङ, उद्योगका प्रोपाईटर प्रदिप गिरीले आगलागी पिडितहरुलाई राहत प्रदान गर्नुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईका चारघर पिडितहरुलाई प्रोपाईटर गिरीले राहत प्रदान गर्नु भएको हो । उहाँले पिडित परिवारहरुलाई चामल ५० केजी, १० केजी चिउरा, २ केजी दालमोठ, ३० पाकेट चाउचाउ, दुई थान ब्यांकेट, १० थान थाल, १० थान ग्लास, १० थान कचौरा, २ थान तपेश, २ थान बाल्टिन, २४ थान साबुन, नुन, तेल, डाडु पन्यूका दरले प्रदान गर्नु भएको हो ।
दुईदिनअघि आगलागीबाट सिवाईका भोला चौधरी, रामेश्वर चौधरी, अशोक चौधरी र धर्मेन्द्र चौधरीको चारघर लागलागी भई नष्ट भएको थियो । आगलागीबाट घर पूर्णरुपमा जलेर खरानी भएको थियो । घरभित्रका अन्नपात, लुगाफाटा, भाँडाकुडा सबै जलेर नष्ट भएपछि विचल्नी भएको थियो । 
यस्तो अवस्थामा उहाँले पिडित परिवारलाई राहत प्रदान गर्नु भएको हो । आपद विपदमा मानवीय सहयोगको जरुरत पर्ने भएकोले आप्mनो तर्फबाट सकेको सहयोग गरेको उहाँले बताउनुभयो । उहाँ एक उद्योग सञ्चालक संगै सामाजिक सेवामा समर्पित समाजसेवी हुनुहुन्छ ।
