Sunday, June 28News That Matters

आज सुनको भाउ बढ्यो

पूर्णपुष्टि,माघ २५

आज सुनको भाउ बढेको छ । सुनको भाउ आज  तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार २ सय ९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।