Saturday, May 16News That Matters

आगलागी हुदा टेम्पो जलेर नष्ट

झापा, साउन ३१ गते ।

झापाको अर्जुनधारामा तार सर्ट हुदा एउटा टेम्पो जलेर नष्ट भएको छ । अर्जुनधारा नगरपालिका – ६ को भित्री सडक खण्डमा  मे १ ह ५८६ नम्बरको टेम्पो जलेर नष्ट भएको हो ।

पश्चिमबाट पूर्व महानन्द चोक तर्फ आउदै गरेको टेम्पोमा अचानक तार सर्ट भई आगलागी हुदा जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।