
झापा, साउन ३१ गते ।
झापाको भद्रपुरमा एक जना मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका – १ तुलसी चौक निबासी ४२ वर्षीय जितबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको हो ।
बुधबार घरबाट कसैलाई केहि नभनि हिडेका मगर साँझ घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा विहान करिब ८ बजे घर नजिकै रहेको आफ्नै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि तत्काल प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
