
उदयपुर, साउन ३१ गते ।
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ कार्यसमिति चयन भएका छन् ।
उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।
एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज बेघा र भूमिका सुब्बा चयन भएका हुन् भने महासचिवमा विदुर खवास चयन भएको हो । त्यसैगरी सचिवमा सन्देश सुब्बा र अप्सरा समाल मगर चयन भएका हुन् भने कोषध्यक्षमा सुशान राई चयन भएको हो ।
त्यसै गरी सदस्यहरुमा वीरबहादुर पापे, राजन साम्पाङ राई, प्रेम देवान, टंकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन चयन भएका छन् । भने महिला सदस्हयहरुमा साहारा लिम्बु, मानवी तामाङ र विनादेवी तामाङ चयन भएका हुन् । त्यसैगरी अल्पसंख्यक सदस्यमा विजय धिमाल चयन भएको हो ।

त्यसैगरी सस्थागत सदस्यहरु नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ चयन भएका हुने । भने लेखा समितिको संयोजकमा धनेन्द्र केरुङ, सदस्य खगेन्द्रकुमार राई र ज्ञानु केदेम चयन भएका हुन् । त्यसैगरी अनुशासन समितिको संयोजकमा किसानकुमार चौधरी, सदस्य जयराम पूर्वछाने मगर चयन भएका हुन् ।

शुक्रबार उद्घाटन भएको महाधिवेशनले १९ बुँदे उदयपुर घोषणा पत्र जारी गरेको छ । उक्त अधिवेशनमा प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
घोषणापत्रमा प्रदेशको नाम किरात–लिम्बुवान–खम्बुवान हुनु पर्ने माग सहित फोनिजले उठाएका संचार नीति, श्रमजिवी पत्रकार ऐन तत्काल लागु हुनु पर्ने । समानुपातीक र समावेशी विज्ञापन नीतिको कार्यन्वयन गर्नु पर्ने, समुदायका भाषा, लिपि, सस्कृतिको सम्द्र्धन र प्रवद्र्धन गर्नु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
मिडियाहरुलाई समानुपातीक र समावेशी तरिकाले लोककल्याणकारी विज्ञापन वितरण गर्नु पर्ने, मातृभाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिनु पर्ने, चाड पर्व, बहुभाषिक शिक्षा नीति लागु गर्नु पर्ने, उदयपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण, सम्वर्दन र प्रवद्र्धन गर्नु पर्ने माग घोषाण पत्रका उल्ले गरीएको छ ।
