Tuesday, April 21News That Matters

आगामी बर्षका लागि उदयपुरमा बजेट बिनियोजन : सबै भन्दा बढी त्रियुगामा र कम लिम्चुङबुङमा

पूर्णपुष्टि, जेष्ठ २०
उदयपुरमा आगामी बर्षका लागि बजेट बिनियोजन भैसकेको अवस्था छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आइतबार संघीय संसदमा संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ । यसै शिलशिलामा उदयुरमा पनि बजेट बिनियोजन भैसकेको हो । यस पटक उदयपुरमा ३ अर्ब ८१ करोड ७९ लाख बजेट विनियोजन भएको छ । बजेट जिल्लाको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिकालाई लक्षितगरी आएको छ । जिल्लामा रहेको ८ पालिका मध्ये यस नगरमा मात्रै ८६ करोड ५ लाख बजेट विनियोजन भएको छ भने बेलका नगरपालिकामा ५२ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।
चार वटा नगरपालिकामा २ अर्ब ४३ करोड ६० लाख बजेट विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्ब ३८ करोड १९ लाख विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवको लागि उदयपुरमा २३ करोड ३० लाख बढी बजेट विनियोजन भएको छ ।

गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ । उदयपुरगढी गाउँपालिकामा ४३ करोड ८८ लाख र लिम्चुङबुङ गाउँपालिकामा २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ । लिम्चुङबुङ गाउँपालिकामा चालु आर्थिक वर्षमा २५ करोड ६९ लाख बजेट भएपनि आगामी आवको लागि २ करोड २२ लाख बजेट घटेर आएको छ ।
त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत २३ करोड ४८ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ५७ करोड २४ लाख, विशेष अनुदान ३ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ८४ लाख गरी ८५ करोड ५ लाख विनियोजन भएको छ । गत वर्षको तुलनामा ६ करोड ९८ लाख बढी रकम विनियोजन भएको हो ।

बेलका नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १४ करोड ६९ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ६० लाख गरी ५२ करोड ७७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा ४ करोड २० लाख बढी हो ।

चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १६ करोड, सशर्त अनुदान शिर्षक अन्तर्गत ३३ करोड १९ लाख र विशेष अनुदान तर्फ १ करोड ८० लाख, समपुरक अनाुदान पुँजीगत १ करोड ६० लाख गरी ५२ करोड ५९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा करिव ४ करोड ३५ लाख बढी हो ।

कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १२ करोड ३७ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३९ करोड २ लाख, समपुरक अनुदान पुँजीगत १ करोड १० लाख गरी ५२ करोड ४९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा २ करोड ९० लाख मात्रै बढी हो ।

उदयपुरगढी गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १७ करोड २३ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २६ करोड ६५ लाख गरी ४३ करोड ८८ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा २ करोड ४१ लाख मात्रै बढी हो ।
ताप्ती गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ८ करोड ५० लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १७ करोड ३० लाख, विशेष अनुदान तर्फ २ करोड ४५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड गरी २९ करोड २५ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा २ करोड ९२ लाख बढी हो ।

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १० करोड ७८ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २६ करोड ६८ लाख, विशेष अनुदान तर्फ १ करोड १३ लाख र समपुरक अनुदान पुँजीगत तर्फ ३ करोड गरी ४१ करोड ५९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा १ करोड ७६ लाख बढी हो ।

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ७९ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १४ करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० लाख गरी २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा २ करोड २२ लाख बजेट घटेर आएको छ ।
७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ । अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन् ।