
उदयपुर/माघ, २२्
आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँको दिनेश पाठकलाई आर्थिक संकलन जुट्न थालेको छ । आर्थिक अभावमा खड्कीएर ठुलो हस्पिटमा उपचार गराउन नसकिरहेको पाठक अहिले जिल्ला हस्पिटल उदयपुरमै सामान्य उपचारमा छ ।
पाठकले राम्रो हस्पिटलमा चाँडै उपचार गराउन सके बाँच्न सक्ने र स्वास्थ्यमा सुधार आउने डाक्टरहरुको भनाई छ । बिभिन्न मिडियमा प्रचार प्रसार सँगै पाठकलाई केहि व्यक्ति र संघ संस्थाहरुले आर्थिक उपलब्ध गराउन थालेको हो । घोपा, र कृतिपुरमा उपचार हुन नसक्ने भन्दै फर्काएको पाठक अहिले केहि सुधारमा आएको छ । तर खर्चको अभावमा राम्रो हस्पिटलमा भने उपचार हुन सकिरहेको छैन् । अहिले जेजति उपचार भएको छ । जिल्ला हस्पिटल उदयपुरको उपचारर्थमा राम्रो हेरचार र संकलनमा उठेको चन्दा संघसंस्थारु तथा व्यक्तिहरुको सहयोगमा सामान्य उपचार जिल्ला हस्पिटलग उदयपुरमा भईरहेको छ ।
अहिले गाउँघरको चन्दा बाट ३० हजार, बाघचौरीबाट २६ हजार, त्रियुगा नगरपालिका १३ वाडा बाट २ हजार ५ सय वडा अध्यक्ष खगेन्द्र रासकोटी सहितको टोलिले ९ हजार, नागबेली लघुवित्त संस्था बाट ५ हाजार, जिल्ला समन्वय समिति प्रमुख खड्ग बहादुर परियार बाट ५ हजार, लगाएत अन्य व्यक्तिहरुबाट संकलन भई जम्मा कउपचारको सहयोग अनुमानित १ लाख बराबरको रकम संकलन भएको बिरामीका बुबा पर्वत पाठकले बताउनुभयो । उहाँले अझै धरै रकम लाग्ने हुदा सयोगी हातहरु बढाइदिन अनुरोध गर्नुभएको छ ।
आफु सँग भएको अलिअलि खर्च घोपा र कृतिपुरमा समेत तिर्न नपुगिरहेको भन्दै अझै उपचारको लागि झनै रकमको आवश्यकता परेको उहाँले बताउनुभयो । उहाँले कोहि सहयोगि मनहरु भएमा विरामीको रकम संकलनको लागि खोलिएको माछापुछ्रे बैङकको खाता नं १०२२५२४८४५५५००१७ मा जम्मा गर्दिन समेत अनुरोध गर्नुभएको छ ।
हस्पिटल व्यवस्थापन समिति तथा संञ्चालक समितिका अध्यक्ष खड्ग परियारले बिरामीको हेरचारमा हस्पिटलले सहयोग गर्ने बताउनुभएको छ । उहाँले उपाचार्थ सहयोगहरुलाई पनि सक्दो प्रयास गर्ने बताउनुभयो ।
