
माघ २२ गते ।
नेपाली महिला भलिबल विश्व वरीयताको शिर्ष एक सयमा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघले सार्वजनिक गरेको वरीयतामा नेपाल ८७औँ स्थानमा परेको हो ।
नेपालको ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औँ स्थानमा रहेको छ । ३ सय ९१ अङ्कसहित चिन विश्व वरीयताको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि अमेरीका ३ सय ८२ अङ्कसहित अमेरिका दोस्रो स्थान र तस्रो स्थानमा ३ सय २८ अङ्क सहित ब्राजिल रहेको छ ।
