
प्ुार्णपुष्टि, फगुन ७
राष्ट्रिय महिला लिगमा पुलिस क्लब र उदयपुरको चौदण्डिगढि नगरपालिका सँगको आज शुक्रबारको अन्तिम खेलमा पुलिस क्लबले चौडण्डिगढिलाई पराजित गरेको छ । यस खेलमा १०–० को अन्तरमा पुलिस क्लबले चौदण्डिगढि नगरपालिकालाई हराएको छ । लिगको १२ खेलबाट पुलिस क्लबले १८ अंक सहित तेस्रो स्थान हात पार्न सफल भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगमा पुलिस क्लबको खेलाडि निरु थापाले ह्याट्रिकसँग चार गोल, निर्मला विकले ह्याट्रिक, सुनकलि राई र अमृता जैसीले एक एक गोल र एक गोल चाँहि आत्मा घाति गोल गरेका थिए । पहिलो खेलमा पुलिसले चौडण्डिगढि नगरपालिकालाई ६–० मा हराएको थियो ।
पुलिस क्लबको १२ खेलमा ५ खेल जितेका छन् , ३ खेल बराबरी र ४ खेल हार बेहोर्दै १८ अंक जोड्दै वालिङ नगरपालिका को टिम र बिराटनगर महानगरपालिकाको टिमलाई अंकले पछि पारि सकेको छ ।वालिङ १७ अंकमा चौथो बनेको छ भने १६ अंक सहित विराटनगर पाचौँ बनेका छन् । चौदण्डिगढिले १२ खेलमा सबै खेल हार बेहोर्दै ४ गोल गरेर लिग पुरा गरेका छन् ।
तेस्रो बन्न सफल पुलिस क्लबले ५ लाख प्राप्त गर्ने भएका छन् । वालिङले ३ लाख प्राप्त गर्ने भएको छन् ।
अब एपीएफ र आर्मीको अन्तिम खेल आजै शुक्रबार हुने भएको छ । एपिएफको हालको अंक ३३ रहेको छ भने त्रिभुवन आर्मी टिमको अहिले २६ अंक रहेको छ ।
