Thursday, June 18News That Matters

मालपोत कार्यालयका निमित्त प्रमुख ठुलो रकमको घुस सहित पक्राउ

 पूर्णपुष्टि, फागुन ८

मालपोत कार्यालय बाराका निमित्ति प्रमुख र लेखापढी कानुन व्यवसायी ६ लाख घुस सहित अख्तियारको फन्दामा परेको छ ।

बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिए ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो ।