Thursday, June 18News That Matters

राष्ट्रिय महिला लिगमा सहभागी उदयपुरका खेलाडीहरुलाई गृह जिल्लामा सम्मान कार्यक्रम

पूर्णपुष्टि, फागुन ८

राष्ट्रिय महिला लिगमा सहभागी उदयपुर चौदण्डीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति उदयपुरले सम्मान तथा स्वागत गरेको छ ।

खेल सकेर शनिवार गृह  जिल्ला फर्केका खेलाडीहरुलाई गाईघाट स्थित खेलकुद विकास समिति उदयपुरले सम्मान गरेको हो ।

खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाशराम राईले कदर पत्र प्रदान गर्दै खेलमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई कार्यालयमै सम्मान गर्नुभयो । राष्ट्रिय स्थरमा आफ्नो सहभागी दिएर प्रतिस्पर्धा गर्दै उदयपुरको प्रतिनिध्व गरेका खेलाडी टिमहरुलाई आउँदो खेलमा सफलताको कामना सहित सम्मान गरेको कार्यालय प्रमुख प्रकाशराम राईल बताउनुभयो ।

सहभागी मात्रै पनि उदयपुरका लागि निकै ठुलो सफलता रहेको बताउनुभयो । उदयपुरका लागि खेलाडीहरुले आफ्नो प्रतिस्पर्धा देखाउन तयार हुनुनै आउँदो समयमा जित शुनिश्चित रहेको राईले बताउनुभयो ।उहाँले खेलमा सहभागी सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद सहित आउँदो समयमा खेलकुद क्षेत्रमा व्यवसायीक व्यक्तिगत विकास तथा सफलताको शुभकमान समेत व्यक्त गर्नुभयो ।

चौदण्डीगढी नगर युवा खेलकुद संयोजक ससि चन्द्र राईले खेलाडीहरुलाई बिभिन्न कारण बस राम्रो प्रशिक्षक दिन नसकेको बताउनुभयो । खेलाडीहरुलाई राम्रो तयारी गर्न नसक्नु पनि चौदण्डी टिमको समस्या रहेको राईले बताउनुभयो ।

खेलाडी टिमलाई लिगमा प्रतिनिधित्वको अमुल्य सहयोगको मुल्याङकन गर्दै चौदण्डीगढी नगर युवा खेलकुद विकास समितिका संयोजक ससिचन्द्र राईलाई पसंशा पत्र हस्तान्तरण गर्नु हुदै जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाशराम राई ।

 

संयोजक राईले राम्रो तयारी बिनै पनि उदयपुरले लिगमा सहभागी भई खेलको अन्तिम सम्म प्रतिस्पर्धा गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

लिगमा उदयपुर सहभागीमा मात्रै सिमित हुनुमा खेलाडीहरुलाई पुरा तयारी र राम्रो व्यवस्थापनको कम्जोरी रहेको संयोजक राई भनाई छ ।

खेलकुद विकास समितिले चौदण्डी नगर युवा खेलकुद समितिलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । राष्ट्रिय लिग सम्म खेलाडीहरुलाई व्यवस्थापन र प्रतिनिधित्वमा अमुल्य सहयोग पुराएको भन्दै समितिले प्रशंसा पत्र समितिका संयोजक राईलाई प्रदान गरेको छ ।

फोटोफिचर