Thursday, June 18News That Matters

प्रम ओली मुढेबलमा : नारायण बुर्जामगर (१ नं. प्रदेश सांसद) – भिडियाे संवादसहित

पूर्णपुष्टि, फागुन ९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुढेबलले आफ्नाे कदमलाई ठीक गरे भनिरहेको तर जनता र देशको लागि ठीक नरहेको १ नं. प्रदेश सांसद नारायण बुर्जा मगरले बताउनु भएको छ ।

पूर्णपुष्टि खबर संवादमा कुरा गर्दै सांसद मगरले सबै पार्टी, नागरिक समाज र नेकपाको संस्थापक पक्ष सबै एकातिर हुदा, प्रम ओली एक्लो एकातिर भएर पनि आफुलाई सहि भनिरहदा जनताले दुःख पाउने दिन आएको बताउनुभयो । प्रम ओलीले संसद विघटनको कदम नसच्याए जनता संघर्षमा उत्रिने, संघर्षको कुनै सिमा नहुने उहाँले बताउनुभयो ।

संविधान, संघियता, नयाँ संरचना र ब्यवस्थालाई बचाउनु पर्ने भएकाले प्रम ओलीको कदम विरुद्ध लाग्नुपरेको उहाँले बताउनुभयो । चुनाव अहिले नहुने उहाँको जिकिर छ । आफ्नै पार्टीले सहयोग नगरेकाले संसद विघटन गरेको भन्ने प्रमको अभिब्यक्तिलाई केटाकेटी कुरा भएको प्रतिक्रिया उहाँको छ । निर्बाचन आयोगबाट पार्टीको आधिकारिकता, चुनावचिन्ह नेकपा (प्रचण्ड–माधव) समुहले नै हाँसिल गर्ने र न्यायलयमार्फत संसद पुनर्गठन हुने विश्वास उहाँको छ ।
(संवाद विस्तृतमा सुन्न तलकाे लिंकमा क्लिक गर्नुहोला ।)  
Youtube : 
 https://youtu.be/5Ms9dhFefGU
Purnapusti Khabar Page : https://www.facebook.com/watch/?v=851242035420337