Tuesday, June 9News That Matters

आजको अपडेट : ३१ जेठ ०७८ | उदयपुर- काेराेना खबर अपडेट

उदयपुरमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । ११४ जनाको परिक्षण गर्दा १७ महिला र १३ पुरुषलाई कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु त्रियुगाका १३ र चौदण्डीगढीका १५, बेलकाका २, कटारीका ९ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ४८३ रहेको छ । जसमा २२७ महिला र २५६ पुरुष रहेका छन् । पाँँचदिन यता सक्रिय संक्रमित घट्दो छ । संक्रमितहरु मध्ये ४१२ जनाको होम आइसोलेशनमा र ७१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

उदयपुरमा आज ५८ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ३५, चौदण्डीगढीको १७, बेलकाको ५ र रौतामाईको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार २५३ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । पाँचदिन यता ठूलो संख्यामा निको भएका छन् ।

उदयपुरमा आज मृत्य भएकाको संख्या थपिएन । जिल्लामा १५ महिला र ३२ पुरुष गरी ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढि त्रियुगाका रहेका छन् । त्रियुगाको २५, चौदण्डीगढीको ९, कटारी र बेलकामा चारचार जना, उदयपुरगढीको ३, रौतामाई र लिम्चुङबुङमा १, १ जना रहेका छन् । हालसम्म ताप्लीमा मृत्यु छैन ।

नेपालमा आज २ हजार ९१८ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख ३१ हजार ८६० भएको छ ।  नेपालमा आज ५ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ

आज ५३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ४६५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ८७ हजार १४३ रहेको छ । संक्रिय संक्रमितको संख्या क्रमिकरुपले घट्दो रहेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ६७ लाख २७ हजार ३६४ पुगेको छ । निको हुनेको संख्या १६ करोड ०७ लाख ८५ हजार ८४८ पुगेको छ । मृत्यु हुनेको संख्या ३८ लाख १९ हजार ७६५ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २१ लाख, २१ हजार ७५१ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञ अवहेलना गर्ने ४२ वटा सवारी साधनलाई कारवाही गरेको छ । अनावश्यकरुपमा चलेका सवारी साधनलाई चेकजाँच गरी कार्वाही गर्ने गरेको छ । प्रहरीले कोरोनाविरुद्धको जनचेतना मुलक कार्यक्रम पनि जारी राखेको जनाएको छ ।