
पूर्णपुष्टि, असार १
जेष्ठ २२ गते राति सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकल पसलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार भएको थियो । ४० वर्षीय साफीलाई गोली प्रहार भएको घटनामा उनका दाजुसहित तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मृतकका दाजु ४२ वर्षीय सूर्यदेव साफी, गोलबजार नगरपालिका–११ का ४५ वर्षीय हकिम फकिर र मिर्चैया नगरपालिका–६ बस्ने २३ वर्षीय रोहित साफी रहेको सिरहा प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतकका दाईले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई भाइमाथि गोली प्रहार गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस घटना सम्बन्धनमा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
रामसागरमाथि दुईवटा गोली प्रहार गरिएको थियो । एउटा गोली हातमा र अर्काे खुट्टामा लागेको थियो ।
