Tuesday, June 9News That Matters

सामूहिक बलात्कार पश्चात फरार रहेका एक युवा पक्राउ

पूर्णपुष्टि, असार १

सामुहिक बलात्कार आरोपमा कञ्चनपरको एक युवा पक्राउ परेको छन् । गत जेष्ठ २७ गते वेदकोट नगरपालिका–५ की १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का २० वर्षीय सिप्पु खुना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका–६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।

विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला बलात्कार गरेको आरोप लागेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।