
१.
उदयपुरमा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । ४५८ जनाको परिक्षण गर्दा ४५ महिला र ५३ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ६ र बेलकाका ३६, ताप्लीको ५३ र लिम्चुङबुङको ३ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २५३ महिला र २९१ पुरुष रहेका छन् । पाँँचदिन यता सक्रिय संक्रमित घटेकोमा आज केही थपिएको हो । संक्रमितहरु मध्ये ४६१ जनाको होम आइसोलेशनमा र ८३ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।
२
उदयपुरमा आज ३६ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको १७, बेलकाको ९, रौतामाईको ४ र लिम्चुङबुङको ६ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार २८९ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढ्दो छ ।
३
उदयपुरमा आज एकजना मृत्य हुनेको संख्या थपिएको छ । बेलका नगरपालिका २ का ५१ वर्षिय महिलाको मृत्यु भएको हो । उनलाई उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटैमा हिजो मृत्यु भएको जनाइएको छ । योसंगै उदयपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ पुगेको छ । जसमा १६ महिला र ३२ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढि त्रियुगाका रहेका छन् । त्रियुगाको २५, चौदण्डीगढीको ९, बेलकामा ५, कटारीमा ४, उदयपुरगढीको ३, रौतामाई र लिम्चुङबुङमा १, १ जना रहेका छन् । हालसम्म ताप्लीमा मृत्यु छैन ।
४
पछिल्लो समय ताप्ली गाउँपालिकामा संक्रमितको संख्या बढिरहेको छ । ताप्लीले अन्य पालिकाहरु भन्दा निकै पछि परिक्षणको दायरा बढाएको हो । परिक्षणसंगै संक्रमित भेट्ने क्रम जारी छ । ६५ जना संक्रमित भेटिएको सो पालिकामा ५५ जना सक्रिय संक्रमित रहेका छन् भने १० जना निको भइसकेका छन् ।
५
त्रियुगा नगरपालिकाकाको वडा नं. १६ ले सुकौरामा आज ४९ जनाको कोरोना परिक्षण गर्दा २२ जना पोजेटिभ आएको छ । ५ जना नयाँको परिक्षण हुदा ३ जना पोजेटिभ आएको हो भने बाँकी सबैको पुन परिक्षण हो । परिक्षणबाट २५ जना कोरोनामुक्त देखिएका छन् ।
वडाध्यक्ष मानबहादुर राईका अनुसार हालसम्म सो वडामा ३६० जनाको परिक्षण हुदा १२६ जना संक्रमित भेटिए । संक्रमितहरु मध्ये ५२ जना निको भइसकेका छन्, १ जनाको मृत्यु भएको छ । १ जनाको अस्पतालमा र बाँकी सबैको होम आइसोलेशनमा उपचार भइरहेको छ । होमआइसोलेशनमा रहेका मध्ये २९ जनाको अवस्था सामान्य रहेको छ ।
६
नेपालमा आज २ हजार ७४५ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख ३४ हजार ६०५ भएको छ । नेपालमा आज ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ
आज ४१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ५०६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ६६० रहेको छ । संक्रिय संक्रमितको संख्या क्रमिकरुपले घट्दो रहेको छ ।
७
दोस्रो लहरको कारोना महामारीमा नेपालमा लामो समय मृत्यु हुनेको दर उच्च रह्यो । एकमहिला भन्दा लामो समय दैनिक एकसयदेखि दुइसय बढिसम्म मृत्यु कायम रह्यो । तर पछिल्लो समय मृत्युदर घटेको छ । आज अहिलेसम्मकै सबैभन्दा कम ४१ जनाको मृत्यु भएको हो । परिक्षणको रेसियोमा संक्रमण दर पनि घट्दो रहेको छ ।
८
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ७० लाख ३६ हजार २४२ पुगेको छ । निको हुनेको संख्या १६ करोड १२ लाख ३३ हजार १४५ पुगेको छ । मृत्यु हुनेको संख्या ३८ लाख २७ हजार ८५० पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड १९ लाख, ७५ हजार २४७ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।
९
यतिबेला कोरोना रोकथाम तथा प्रतिरक्षाका लागि सबै क्षेत्रको आ आप्mनो उत्तरदायित्व छ । विभिन्न सामाजिक अंगहरुले आ आप्mनो ठाउँबाट भुमिका निर्वाह गरिरहेका छन् पनि । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी उदयपुरले कोरोना विरुद्ध लडिरहेका स्वास्थ्य संस्था, स्थानीय तहका निकायहरुमा स्वास्थ्य सामग्री तथा अतिआवश्यकीय सामग्रीहरु वितरण गरेको छ ।
रेडक्रसले मास्क १३ हजार, ९६५ वटा, पिपिइसेट २० थान , शब राख्ने ब्याग ५ थान, सेनिटाइजर १३० वटा र चस्मासहितको अनुहार ढाक्ने प्लाष्टिक ८८ थान वितरण गरेको हो ।
युनिसेफ र प्रदेश रेडक्रसको सहयोगमा स्वास्थ्य सामग्री तथा अतिआवश्यकीय सामग्रीहरु वितरण गरेको हो । प्रदेशबाट प्राप्त पिपिइसेट २० थानमध्ये स्वास्थ्य कार्यालय उदयपुरलाई ८ थान, कोभिड अस्पताल चौदण्डीलाई ८ थान, बेलका आइसोलेशन र देउरी आइसोलेशनलाई २, २ थान वितरण गरिएको छ । शब राख्ने ५ थान पनि स्वास्थ्य कार्यालयलाई नै उपलब्ध गराएको हो ।
विभिन्न पालिका तथा वडा कार्यालय तथा स्वास्थय संस्थाहरु गरी १७ ठाउँमा सामग्री वितरण गरिएको रेडक्रस सोसाइटी उदयपुरका सेक्रेटरी सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
खासगरी विपद्मा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडक्रसले कोरोना महामारीमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । रेडक्रसले आवश्यकतालाई मध्येनजर गर्दै सामग्री वितरण कार्यक्रम जारी राखेको जनाएको छ ।
१०
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञ अवहेलना गर्ने ३९ वटा सवारी साधनलाई कारवाही गरेको छ । चेकजाँचको क्रममा अनावश्यकरुपमा चलेको फेला परेका ती सवारी साधनलाई कार्वाही गरेको हो । आजै १४३ जना मानिसलाई अनावश्यक हिड्डुल गरेकोमा सम्झाइ बुझाइ गरेको प्रहरीले जनाएको छ । ८२ स्थानमा जनचेतनामुलक कार्यक्रम तथा माइकिङ गरेको जनाएको छ ।
११
बेलका नगरपालिकामा निर्माण हुदै गरेको अक्सिजन प्लान्टको लागि २०५४ एसएलसी ब्याजी, गाईघाटले १० हजार ५४ रुपैया प्रदान गरेको छ ।
भुतपुर्व विद्यार्थीले देश तथा विदेशमा रहेका साथीहरुबाट संकलन गरी प्लान्टका लागि मेयर दुर्गाकुमार थापालाइ हस्तन्तरण गरेको ब्याजी समुहका सदस्य कुमार मोतेले जानकारी दिए । विपन्नलाई खाद्यन्न सहयोग गर्दै आएको सो ब्याजी समुहले सोमबार थप २२ घरपरिवारलाई खाद्यन्न राहत वितरण गरेको जनाएको छ ।
