
१.
उदयपुरमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । १४७ जनाको एन्टिजेन परिक्षण गर्दा ४ महिला र ९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ४, कटारीको ८ र रौतामाईको १ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ४९६ रहेको छ । जसमा २३५ महिला र २६१ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ४२२ जनाको होम आइसोलेशनमा र ७४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।
२
उदयपुरमा आज ६१ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको ४५, चौदण्डीगढीको २, बेलकाको ७ र उदयपुरगढीको ७ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार ३५० पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढ्दो छ ।
३
उदयपुरमा आज मृत्युसंख्या थपिएन । १६ महिला र ३२ पुरुष गरी उदयपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढि त्रियुगाका रहेका छन् । त्रियुगाको २६, चौदण्डीगढीको ९, बेलकामा ५, कटारीमा ४, उदयपुरगढीको ३, रौतामाई र लिम्चुङबुङमा १, १ जना रहेका छन् । हालसम्म ताप्लीमा मृत्यु छैन ।
४
नेपालमा आज २ हजार ८२८ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख ३७ हजार ४३३ भएको छ । नेपालमा आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ
आज ५२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ५५८ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ३५४ रहेको छ । संक्रिय संक्रमितको संख्या क्रमिकरुपले घट्दो रहेको छ ।
५
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ७४ लाख १८ हजार ४३७ पुगेको छ । निको हुनेको संख्या १६ करोड १८ लाख ६६ हजार १३५ पुगेको छ । मृत्यु हुनेको संख्या ३८ लाख ३८ हजार ६१८ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड १७ लाख, १३ हजार ६८४ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।
६
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञ अवहेलना गर्ने ३१ वटा सवारी साधनलाई कारवाही गरेको छ । चेकजाँचको क्रममा अनावश्यकरुपमा चलेको फेला परेका ती सवारी साधनलाई कार्वाही गरेको हो । आजै १६१ जना मानिसलाई अनावश्यक हिड्डुल गरेकोमा सम्झाइ बुझाइ गरेको प्रहरीले जनाएको छ । ८१ स्थानमा जनचेतनामुलक कार्यक्रम तथा माइकिङ गरेको जनाएको छ ।
