
— # —
कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणमा आज ४६ जनामा कोरोना पुष्टि भएको हो ।
— # —
१ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो ।
— # —
आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
— # —
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
— # —
बारा थप तीन जनामा कोरोना संक्रमण पुष्टि । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
— # —
आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
— # —
१ नं. प्रदेशबाट थप १० जना उपचारपछि निको भएर डिस्चार्ज । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जना निको भएर डिस्चार्ज भएका हुन् ।
— # —
विश्वमा कोरोना संक्रमित मध्ये आधा भन्दा बढी उपचारपछि निको । करिब ८७ लाख ५८ हजार संक्रमित मध्ये ४६ लाख २५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् ।
— # —
गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषको कोरोना परिक्षण गर्दा रिपार्ट पोजेटिभ । छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो ।
— # —
त्रियुगा नगरपालिका–११ ले आज सार्बजनिक सुनुवाई कार्यक्रम । वडाले विगत तीन वर्ष यता भए, गरेका विकास निर्माणका काम र बजेटको बारेमा जानकारी दिदै सार्बजनिक सुनुवाई गरेको हो ।
— # —
सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाकाबाट एकै दिन ७ सय ७६ जना नेपाली स्वदेश भित्रिए । गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ७ सय ७६ नेपाली नागरिक नेपाल भित्रिएका हुन् भने १ सय ७८ भारतीय नागरिक बाहिरिएका छन् ।
— # —
लकडाउनको अधिकार प्रदेश सरकारलाई । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण लकडाउन गर्न सक्नेभएको हो ।
— # —
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारले आग्रह । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को हिजो बसेको बैठकले अत्यावश्यक काममा बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको हो ।
— # —
जबरजस्ति कराणीसम्बन्धि मुद्दामा पीडितको बयानर्लाइ प्रमुख आधार मान्नु पर्ने सवोच्च अदालतले ब्याख्या । पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको हो ।
— # —
गृह मन्त्रालयले बाढी, पहिरोजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी । मनसुन सुरु भएकाले त्यसबाट उत्पन्न हुने विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो ।
— # —
माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० को साटो कक्षा १२ लाई राष्ट्रिय स्तरको परिक्ष कायम गर्ने तयारी । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो ।
— # —
आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ नेपालमा आयात ।
— # —
त्रियुगा नगरपालिका वडा नं १३ बहेडुवामा राहत वितरण । टेवा नेपालको सहयोग, समाजसेवी समूहको समन्वय र त्रियुगा कृषक महिला समूह १३ नं को आयोजनामा राहत वितरण गरिएको छ ।
— # —
भोली असाढ ७ गते आईतबार बिहान खण्डग्रास सूर्य ग्रहण । १० बजेर ५४ मिनेटमा ३ घण्टा ३० मिनेट समयसम्म सूर्य ग्रहण लाग्नेछ ।
— # —
कोरियाबाट २ सय २८ जना नेपाली काठमाण्डौ आइपुगे । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन ।
