
पूर्णपुष्टि, असार ६
कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणमा आज ४६ जनामा कोरोना पुष्टि भएको हो ।
दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हाजर २ सय ४५ पुगेको छ ।
यो पनि पढ्नस् :
१ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो ।
मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय ३० पुगेको छ भने २ सय ३४ जना डिस्चार्ज भएका छन् ।
