Friday, June 26News That Matters

१ न. प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ६

१ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो ।

मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय ३० पुगेको छ भने २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नस् :

आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । वडा न. ६ का २१ वर्षकी महिला, ७ न. वडाका ३९ वर्षका पुरुष, ८ न. वडाका २१ वर्षका पुरुष, १० न. वडाका १९, २८, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै १३ न. वडाका २१, ३०, ३६ वर्षका पुरुष, १४ न. वडाका १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे जनाईएको छ ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको जनाईएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६७ जना पुगेका छ ।

उक्त संक्रमित मध्ये ६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।