Wednesday, June 17News That Matters

आजको प्रतिनिधिसभा बैठकमा सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

पूर्णपुष्टि, फागुन १५ गते । आजको प्रतिनिधिसभा बैठकमा सांसद शहनाजको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । सांसद शहनाजको भक्तपुरको मध्यपुर अस्पतालमा गत शनिबार निधन भएको थियो ।

संसद सचिवालयले उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको र शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन रहेको जनाएको छ ।