Thursday, June 18News That Matters

आजको मौसम :पहाडी भुभागहरुमा हल्का वर्षाको सम्भावना, तापक्रम केही दिन नघट्ने

पूर्णपुष्टि,जेष्ठ २६ । पछिल्लो समय देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

आज बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो।

सबैभन्दा बढी सिमरामा ४२‍–६ डिग्री सेल्सियस पुगेको थियो । जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० नाघेको थियो।