
पूर्णपुष्टि, चैत ९ गते ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्ने भएको छ । कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
सरकारले २५ जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा जम्मा नहुन आग्रह गरेको छ । अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन ।
टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका लागि बन्द गरिएको छ भने आइतबारदेखि लामो दुरीका गाडी पनि नचल्ने सरकारले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशवासीको नाममा सम्बोधन गर्नु भएको थियो । उहाँले सम्बोधन गर्दै सङ्घ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी गराउनु भएको थियो ।
कुन–कुन कार्यालय बन्द भया तल हेनुस् ।

