
पूर्णपुष्टि, चैत ९ गते ।
भारतमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित हुनेको संख्या तीन सय ३० जना नाघेको छ । शनिबार भारतमा नयाँ संक्रमित ५५ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो ।
पछिल्लो केही दिनदेखि भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कोरोनाले भारतमा पाँच जनाको मृत्यु भईसकेको छ । भने २३ जना उपचारपछि घर फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्र र राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ । भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतबार सबै जनालाई घरमै रहन मोदिले अपिल गरेका छन् ।
