Friday, May 15News That Matters

आज ओमानी, कोरियन र रिंगिटको भाउ बढ्या

कात्तिक २२ गते । 

आज ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ । तर अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१  पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५३  पैसा रहेको थियो  । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ०२ पैसा थियो । त्यस्तै यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ९५ पैसा रहेको छ । हिजो खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ०६  पैसा रहेको थियो ।