
पूर्णपुष्टि, भदौ १८
आज वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
