
पूर्णपुष्टि, भदौ १८
बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी पहिरोमा परेर १० जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

ढोरपाटनको भुदीखोलामा गतराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा आठ जना पुरुष र दुई जना महिलासहित १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
एक जनाको शव भेटिएको छ । बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ । अहिले खोजी र उद्धारको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको प्रहरीले जनाएको छ ।
ढोरपाटन–६, ७, ८ र ९ मा गतराति धेरै बेरसम्म मुसलधारे पानी परेको प्रहरीले जनाएको छ ।
