Friday, May 22News That Matters

आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पुर्णपुष्टि, ११ असोज

झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोेरोनाबाट मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेको कोभिड अस्पताल विराटनगरले जनाएको छ । अस्पतालका अनुसार शनिबार राति उनको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।