
पूर्णपुष्टि, असोज ११
विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या करिब १० लाख पुगेको छ ।
अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि हुदा २ करोड ४४ लाख उपचारपछि निको भएका छन् भने ९ लाख ९८ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।
अहिले विश्वमा ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमित रहेका छन् । उक्त संक्रमितमध्येउ ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ ।
गत २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको मृत्यु भएको छ ।
त्यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।

