Friday, May 22News That Matters

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ताप्लेजुङ, असोज ११ 

ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पैदल यात्री फुङलिङ–७ निबासी २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
आज बिहान साढे १० बजे सोही स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेकोले जिप्रका ताप्लेजुङले जनाएको छ ।