Sunday, June 28News That Matters

नाबालिकालाई ब*ला*त्का*र गरेको आरोपमा १ जना पक्राउ

पूर्णपुष्टि, असोज ११

उदयपुरमा नाबालिकालाई ज*बर*जस्ति कर*णी गरेको आरोपमा एक जना पक्राउ परेको छ । झापा बिर्तामोड नगरपालिका–६ घर भई हाल उदयपुरको चौदण्डीगढी नगरपालिका– ७  बस्ने बर्ष ३५ को किरण राई पक्राउ परेको हो ।
यहि असोज ८ गते ७ वर्षीया नाबालिकालाई ललाई फकाई गरी आफ्नै कोठामा लगी ज*ब*र*ज*स्ति क*र*णी गरेको भन्ने सुचनाको आधारमा राईलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अभियुक्त राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।