Friday, May 22News That Matters

आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ६

नेपालमा आज कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४६ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुषहरुको मृत्यु भएको जनाईएको छ ।

त्यसैगरी, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय परुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुर ७३ वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ ।