Friday, May 22News That Matters

आज ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, भदौ ७

आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको छ । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साँझदेखि  देशका  धेरै ठाउँमा पानी पर्ने जनाईएको छ । प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको जनाईएको छ ।