Monday, April 20News That Matters

आज चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख ८ गते । 

आज दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी सम्भावना रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने जनाईएको छ । यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने जनाईएको छ ।