Tuesday, April 21News That Matters

प्राविधिक कारण स्वाव संकलनमा ढिलाई

पूर्णपुष्टि, बैशाख ८ गते ।

भुल्केमा विहानदेखि गर्ने भनिएको स्वाव संकलन प्राविधिक समस्याका कारण ढिलो भएको छ । हिजो नमुना संकलन गरेको स्वास्थ्य टोलीले आज विहानदेखि थप संकलन गर्ने भनिएकोमा ढिलो भएको हो ।

पिपिए सेट लगाएका स्वास्थ्य सामाग्रीको अभावमा ढिलाई भएको बुझिएको छ । हिजो स्वाव नमुना संकलन गर्न बाँकी रहेका  स्थानीयबासीहरु विहानैदेखि चौरमा भोक भोकै बस्न बाध्य भएको स्थानीयबासीहरुले बताएका छन् ।

प्रदेशबाट पिपिए सेट झिकाएर स्वाव नमुना संकलन गर्ने समाचार स्रोतले जनाईएको छ ।