Tuesday, June 9News That Matters

आज ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भुकम्प गयो

पूर्णपुष्टि,फागुन १ । ताप्लेजुङमा आज बिहान साढेँ ४ बजे भुकम्प गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङ्चुङ्गोला र लेलेप आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भुकम्प गएको छ । ताप्लेजुङ सहित आसपासको जिल्लामा पनि भुकम्पको महसुस गरिएको थियो । फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको बताए ।