
पूर्णपुष्टि, असार ३ गते ।
उदयपुरमा आज थप भएका कोरोना संक्रमित सवै एकै वडाको रहेका छन् । त्रियुगा नगरपालिका–४ को ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
आज पुष्टि भएका ३६, ४६ र ४८ वर्षीय पुरुष र २८ वर्षीया महिला संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदपुरले जनाएको छ ।
सवै संक्रमितहरु भारतबाट आएर गत जेठ २२ क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनीहरुको गत २८ गते नमुना स्वाव संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
