Tuesday, April 21News That Matters

विश्वमा ८२ लाख नाघ्यो कोरोना संक्रमित

पूर्णपुष्टि, असार ३ गते । 

विश्वमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म ८२ लाख ५६ हजार २ सय ५७ जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ ।

संक्रमित भएकामध्ये करिब ४३ लाख ६ हाजर ८९ जना उपचारपछि निको भएका छन् भने ४ लाख ४५ हजार ९ सय ३७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट ३ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म भारतमा उपचारपछि निको हुनेको संख्या १ लाख ८७ हजार ५ सय ५२ जना पुगेको जनाईएको छ ।

सबैभन्दा बढी अमेरिकामा २२ लाख ८ हजार ४ सय भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ब्रजिलमा ९ लाख २८ हजार ८ सय ३४ भन्दा बढी संक्रमित भएका छन् ।